प्रदेश २ लोकसेवा आयोगले खुलायो विज्ञापन, २८ जना कर्मचारी माग

काठमाण्डौँ । प्रदेश २ को लोकसेवा आयोगले उपसचिवसहित २८ जना कर्मचारीको लागि विज्ञापन माग गरेको छ।
आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो।
प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ।
