२ असार २०७८, बुधबार

यी हुन विबाहित पुरुषसंग प्रेम सम्बन्ध गाँस्ने अविवाहित बलिउड अभिनेत्रीहरु

बलिउडका फिल्म जगतमा त्यस्ता धेरै विषयहरू छन्, जसले आफ्नो पछाडि धेरै कहानी छोडेर अघि बढ्छन् । प्रेम, धो’का र विवाहको विषय त अझ दर्शकले खोजि नै रहेका हुन्छन् । यहाँ धेरै देखिन्छ र थोरै विषय मात्रै लुक्ने गर्छ । तर यही क्षेत्रका कति व्यक्तिले भने एउटा पनि विवाह गरेका छैनन् । विवाहित व्यक्तिको प्रेममा रहेका अविवाहित महिला कलाकार पनि धेरै नै छन् । उनीहरुको प्रेम त भयो, तर विवाह हुन सकेन ।

परविन बबी

यस्तो विषयमा परविन बबीको नाम पहिले नै आउँछ । उनको समयमा उनले प्रेमका कारण लामै समय चर्चा चल्यो । उनको रोजाइमा जहिल्यै पनि विवाहित पुरुष हुने गर्थे । डेनी, महेश भट्ट र कबिर वेदीसँग उनको गहिरो सम्बन्ध थियो । उनी यी तीन पुरुषसंग लिभ इनमा समेत रहिन् । उनी विवाह नै नगरी संसारबाट बिदा भइन् ।

आशा पारेख

चर्चित अभिनेत्री आशा पारेखको प्रेम त बस्यो, तर विवाह हुन सकेन । उनको नासिर हुसेनसंगको प्रेम विवाहसम्म पुग्न सकेन । उनले आत्मकथामा प्रेमको विषय स्वीकारेकी छन् । उनले पटक पटक नासिरलाई आफ्नो जीवनको सच्चा प्रेम रहेको बताउँछिन् । उनकै कारण आशा अविवाहित नै रहिन् ।

नगमा

फिल्म ‘बागी’ की डेब्यु अभिनेत्री नगमा समेत अहिलेसम्म अविवाहित छिन् । अहिले उनी अभिनयसँगै राजनीतितर्फ पनि आकर्षित छिन् ।४५ वर्ष उमेर पार गरिसक्दा सम्म उनी अविवाहित छिन् । एक समय उनको नाम सौरव गांगुलीसंग जोडिने गर्थ्यो ।

सुष्मिता सेन

पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेन हालसम्म विवाह बन्धनमा बाँधिएकी छैनन् । उनी आफ्नी धर्मपुत्री सँग बस्ने गर्छिन् । उनले विवाह गर्छिन् या गर्दिनन् समयले बताउने छ । उनको प्रेम विक्रम भट्ट, सञ्जय दत्त, सञ्जय कपूर लगायत विवाहित पुरुषसँग भएको थियो । अहिले भने उनी रोहमनको प्रेममा छिन् ।

शमिता शेट्टी

शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री समिता शेट्टी समेत अविवाहित छन् ।उनको पहिलो प्रेम मनोज बाजपेइ थिए ।त्यसपछि उनको नाम हरमन बावेज र अफताब शिवदासानीसँग जोडिएको थियो ।त्यस्तै उनकी दिदी शिल्पाको नाम विवाहित राज कुन्द्रासँग जोडिएको थियो ।उनको भने विवाह भैसकेको छ ।

तब्बू

तब्बु अहिलेसम्म अविवाहित छिन् ।५० काटेकी तब्बु अझै पनि आकर्षक देखिन्छिन् ।उनको साजिद नाडियाडवालसंग इन्गेजमेन्ट भएर टुटेको बताइन्छ ।त्यसपछि उनको नाम नागार्जुनसँग जोडियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख