२ असार २०७८, बुधबार

बढ्याे आज सुनकाे मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज १ सय रूपैयाँले बढेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रूपैयाँमा काराेबार भएकाेमा आज १ सयले बढेकाे हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ५० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख