४ भाद्र २०७९, शनिबार

नेप्से हालसम्मकै उच्च विन्दुमाः ५३.४४ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार नौ सय ६० दशमलब १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  यसअघि यो साताको पहिलो दिन आइतबार नेप्से दुई हजार नौ सय १९ दशमलब २३ विन्दुमा पुगेको थियो । 

नेप्सेका अनुसार आज शेयर बजार ५३.४४ अंकले बढेको छ भने १६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये तीन वटा समूह बाहेक अन्य समूह बढेका छन् भने अधिकांश फाइनान्स र विकास बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज ३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस सस्थाको शेयरमूल्य आज २.८५ प्रतिशतले घटेको छ ।  त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको एक अर्ब ६ करोड २३ लाख १२ हजारको कोरोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख