२ भाद्र २०७९, बिहीबार

सरकारलाई शेयर बजारबाट दैनिक १ अर्ब राजश्व

काठमाडौं । नेपालको शेयर बजारबाट सरकारले दिनमा नै एक अर्ब राजस्व लिने गरेको धितोपत्र बोर्डका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले बताएका छन् । बोर्डको २९ औं वार्षिक उत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

धितोपत्र बजारबाट एक वर्षपहिला महिनामा बल्ल बल्ल एक अर्ब रुपैयाँ पुँजीगत लाभकरबाट आम्दानी हुने गरेको थियो भने अहिले भने दैनिक एक अर्ब रुपैयाँ सरकारले राजस्व पाउने गरेको छ । 

त्यस्तै, गतवर्षसम्म नेपालको पुँजी बजारको पुँजीकरण कुल ग्राहस्थ उत्पादन(जीडीपी)को ४५ प्रतिशतको हाराहारीमा रहेकोमा हाल यो आकार ३९ खर्बभन्दा बढी जुन जीडीपीको आकारभन्दा ठुलो भइसकेको छ । 

बोर्डले एकवर्षका बीचमा बजारलाई लगानीकर्तामैत्री बनाउनका लागि विभिन्न काम गरेको उनले बताएका छन् । त्यस्तै, अब ब्रोकर कम्पनीहरुले पनि कमाइको १ प्रतिशत सामाजिक उत्तरदायित्वका रुपमा खर्च गर्न पर्ने नयाँ व्यबस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख