३ भाद्र २०७९, शुक्रबार

आजबाट सातै प्रदेशमा चीनले दिएको भेरोसेल खोप लगाइँदै

काठमाडौ । आजबाट सातै प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ ।

यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपनि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।

तिब्बतसँग सीमा जोडिएका जिल्लामा १८ वर्षमाथिकालाई यो खोप लगाइने भएको छ ।

त्यस्तै सबै हिमाली जिल्लाका ५५ देखि ५९ वर्ष उमेर समूहका पहिलो डोज नलागाएकालाई पनि यो खोप लगाउन प्रथमिकता दिन भनिएको छ ।

अन्य जिल्लामा भने ६२ देख ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्र गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख