१७ असार २०७९, शुक्रबार

आजको राशिफल (२०७८ ज्येष्ठ २५ गते मंगलबार)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय राम्रो रहेकाले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।  मध्यान्हबाट समय मध्ययम रहेकाले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपाईंदेखि टाडिन सक्छन्, ध्यान दिनुहोला ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रसन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
अरूको काममा समय बित्ने तथा अरूको काम गर्न खोज्दा आफ्नो काम थाँती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ । यात्राको सम्भावना रहेको छ भने विदेशी संस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेको छ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मायाप्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । साँझपख बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
साङ्गीतिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । बिहानको समयमा यात्रा गर्दा विशेष ध्यान दिनुहोला ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यापार व्यावसायमा लगानी गर्न केही समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । सङ्गत गर्दा ध्यान दिनुहोला, गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला, कष्टकर पनि हुन सक्छ ।
 
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
बिहानको समय राम्रो रहेकोले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले आर्थिक अवस्था कमजोर रहने हुनाले घरपरिवारका आवश्यकताहरू पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू)
पढाइलेखाइमा अरूभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रसन्न रहनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
बिहानको समय मध्यम रहेकाले सवारी साधन तथा अन्य वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटना घट्न सक्छन् । प्रेममा एकअर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकाले राजनीति गर्नेहरूले सहकर्मीहरूलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।  

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घरपरिवारका सदस्यहरूको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महसुस हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला, पेटसम्बन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा विचार पु¥याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
बिहानको समय राम्रो रहेकाले पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले खानपान तथा मौसमको  ख्याल गर्नुहोला, छाती तथा श्वास प्रश्वाससम्बन्धी समस्या आउन सक्छ । अरूकै लहैलहैमा लागेर आफ्नो संस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बिहानको समय मध्ययम रहेकाले आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकाले लेखन कलाको माध्ययमले आफ्ना भनाइ जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईंकै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जाँगर आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख