२४ श्रावण २०७९, मंगलबार

देशभर पछिल्लो २४ घण्टामा ४४७२ जना संक्रमित, ९२ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २ जनाको पिसिआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ३७० जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९२ जना संक्रमितको मृत्यु भएको छ।

हालसम्म ७ हजार ९९० जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ९५१ जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख