२५ भाद्र २०७८, शुक्रबार

राउटे युवतीमाथि दुर्व्यवहार भएपछि राउटे बस्ती सिल, प्रहरीले बढायो निगरानी

सुर्खेत । पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि बस्ती शील गरिएको हो । बस्तीमा थप घटना हुन नदिन बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ ।

केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो । सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग भएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख