२ असार २०७८, बुधबार

इन्टाग्राम लाइभमा नै पाकिस्तानी अभिनेत्रीमाथि यौन उत्पीडन

एजेन्सी । अघिल्लो शुक्रबार हानियाको एउटा भिडियो सार्वजनिक भएको थियो जसमा उनी आफ्नो इन्स्टाग्राम अकाउन्टमा लाइभ थिइन् र प्रशंसकसँग कुरा गरिरहेकी थिइन् । यसैबीच त्यहि लाइभ सेसनका बेला एक प्रशंसकले उनको तस्बिर अगाडि कथित रुपमा हस्तमैथुन गरे ।

यो सबै यति अपत्यारिलो थियो कि हानियाको अनुहारको भाव अचानक फेरियो र उनले लाइभ सेसन बन्द गरिन् । केही बेरपछि कसैले यो लाइभ सेसनको भिडियो बनाएर सोसल मिडियामा पोस्ट गरिदिए, जुन पछिल्लो २४ घण्टादेखि भाइरल छ ।

यद्यपि, यो भिडियोलाई अहिलेसम्म पुष्टि गर्न सकिएको छैन र केही प्रयोगकर्ताले यो भिडियोलाई नक्कली र एडिट गरिएको बताए । तर यो मामिला यो घटनामा मात्रै सिमित छैन । यसमा अर्को एउटा भिडियो पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख