८ मंसिर २०७८, बुधबार

१० करोड बढी सब्सक्राइबर भएको चर्चित सोनी टेलिभिजन युट्युबबाट गायब

नयाँदिल्ली । १० करोड बढी सब्सक्राइबर भएको भारतको चर्चित टेलिभिजन सोनीको युट्युब च्यानल ‘गायब’ भएको छ । सोनी टेलिभिजनको ‘सेट इन्डिया’ नामक युट्युब च्यानल आइतबार मध्यरातदेखि गायब भएको बताइएको छ। 

सोनी आफैँले उक्त युट्युब च्यानललाई ‘प्राइभेट’ गरेको हो वा ‘ह्याक’ भएको भन्नेबारे अहिलेसम्म पुष्टि हुन सकेको छैन।

भारतमा टिसिरिजपछि सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल सोनीकै सेट इन्डिया हो। सेट इन्डियाको १० करोड बढी सब्सक्राइबर रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख