४ भाद्र २०७९, शनिबार

कांग्रेसलाई सरकारमा सहभागी गराउन छलफल हुदैँ

काठमाण्डौँ । प्रदेश २ को सरकारले कांग्रेसलाई सहभागी गराउन जसपाले छलफल थालेको छ। सोमबार बिहान प्रदेश सरकारका मन्त्रीहरुसँग नेपाली काग्रेसका सांसदहरुको छलफल भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव समूहले महन्थ ठाकुर पक्षका ४ जना मन्त्रीलाई आइतबार साँझ बर्खास्त गरी सरकारमा काग्रेसलाई ल्याउन छलफल थालेको हो ।

सरकारमा सहभागी हुने विषयमा जसपाका मन्त्रीहरुसँग पहिलो चरणको छलफल भएको नेपाली काग्रेस प्रदेश २ का सचेतक उपेन्द्र कुशवाहले बताए।

दुवै पक्ष छलफलपछि संसदीय दलमा विमर्श गरेर आज साँझ पुन: दुवै पक्ष बसेर सरकारमा सहभागी हुने प्रक्रिया अगाडि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख