२ असार २०७८, बुधबार

भारतमा एकै दिनमा १ लाख १ हजार २३३ जनामा कोरोना संक्रमण

काठमाडौँ । विश्व्यापी महामारीको रुपमा फैलिएका (कोरोना भाइरस) को दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको संख्यमा र मृत्युहुनेको संख्यमा दैनिक रुपमा कमी आएको छ ।

भारतमा डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा अब पछिल्लो २४ घण्टामा १ लाख १ हजार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ६०४ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।

भारतमा केहि दिनदेखि मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा एकैदिनमा २ हजार ४४५ मा झरेको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमणबाट मृतक संख्या ३ लाख ४९ हजार २२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख