२ भाद्र २०७९, बिहीबार

बैंकिङले ल्यायो सेयर बजारमा उछाल, कारोबार रकममा नयाँ रेकर्ड

काठमाण्डौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई नयाँ रेकर्ड बनेका छन्। यस दिन बजारको परिसूचक नेप्से हालसम्मकै उच्च अंकमा पुगेको छ। परिसूचक ५० अंकले बढेर २९०६ अंकमा कायम भएको छ। त्यस्तै अर्को कारोबार रकममा नयाँ रेकर्ड बनेको छ। एकैदिन १७ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

यस दिन बैंकिङ समूहले नै नेप्से परिसूचकलाई डोहोर्याएको छ। बैंकिङ ६९ अंकले बढेको छ। विकास बैंक ९६, फाइनान्स २७, अन्य ६६ र माइक्रोफाइनान्स समूह ४ अंकले बढे। ब्यापार ४३, होटल तथा पर्यटन १८, जलविद्युत ४६, निर्जीवन बीमा ८३ र उत्पादन समूह ६७ अंकले घटे।

वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नेपाल बंगलादेशको मूल्य ९ प्रतिशतले बढेको छ। छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको मूल्य सबैभन्दा धेरै २९ प्रतिशतले घटेको छ। राधि विद्युतको मूल्य ८ प्रतिशतले घटेको छ। दिव्यश्वरी हाइड्रो, नारायणी डेभलपमेन्टको मूल्य क्रमशः ६.९ र ५.९ प्रतिशतले घटेको छ। 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख