२ असार २०७८, बुधबार

ललिता निवास प्रकरणः ४९ जना विरुद्ध २१ दिनको अत्यन्त जरुरी सूचना

काठमाडौं । बालुवाटार प्रधानमन्त्री निवास नजिक पर्ने  ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध अत्यन्त जरुरी सूचना प्रकाशित भएको छ । गोरखापत्रमा भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको हो ।

भूमिसुधार कार्यालयले २ वर्ष गरेको निर्णय अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको आइतार प्रकाशित सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख