जसपा सरकारमा जाँदै, आजै मन्त्रीहरुलाई सपथ खुवाउने तयारी

काठमाण्डौँ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले सरकारमा जाने अन्तिम तयारी गरेको छ । सो पार्टीका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी भएको हो ।
आज ५ जना नेताहरुलाई सपथ खुवाउने तयारी भएको बुझिएको छ ।
जसपाबाट महतो सहित शरतसिंह भण्डारी, अनिल कुमार झा, विमल श्रीवास्तव र उमाशंकर अरगरिया आज सरकारमा सहभागी हुनेछन् । उनीहरुलाई आजै सपथ गराउने तयारी छ ।
श्रीवास्तव र अरगरिया उपेन्द्र यादवको साथ छाडेर ठाकुर खेमामा आएका हुन् ।