२ असार २०७८, बुधबार

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो भाउ !

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा १५ सयले घटेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३४० कायम भएको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख