१ आश्विन २०७८, शुक्रबार

पूर्वसांसद तामाङको निधन

काठमाण्डौँ । पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णुबहादुर तामाङको निधन भएको छ । सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति निधन भएको हो ।

कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृत्यु भएको बताइएको छ । 

उनको शव घर ल्याइरहेका बताइएको बडा अध्यक्ष भुषण खातीले जानकारी दिए । घर ल्याएर भोली बिहानमात्रै दाहसंस्कार गर्ने कार्यक्रम बनिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख