२३ श्रावण २०७९, सोमबार

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अर्को बैठक परिस्थिति हेरेर सूचित गरिने जनाइएको छ । यसअघि बुधबारलाई बोलाइएको बैठक आज ४ बजे बस्नेगरी स्थगित भएको थियो ।

पार्टी एकतालाई मुर्तरुप दिन माधव नेपाल पक्षसँग वार्ता जारी रहेकाले हिजो स्थगित भएको बैठक आज नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख