२ असार २०७८, बुधबार

विश्वकप छनौटः नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

काठमाण्डौँ । विश्वकप २०२२ र एशियनकप २०२३, छनोट खेलमा आज नेपालले चाइनिज ताईपेईसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल कुवेतमा नेपाली समयअनुसार बेलुकी ९ :४५ मा हुनेछ ।

विश्वकप छनोटको आगामी चरणमा पुग्ने गणियित संभावना कायम रहेपनि व्यवहारिक  रुपमा त्यो असंभवजस्तो देखिन्छ ।  अस्टे«लिया, कुवेत जोर्डन र चाईनिज ताईपेई सम्मिलित समूह बीमा रहेको नेपालको लक्ष्य सोझै एशियाकपको अगाामी (तेस्रो) चरणको छनोट खेल्ने हो ।

यसका लागि भने चाईनिज ताईपेईविरुद्धको आजको खेललाई महत्वपूर्ण मानिएको छ । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताईपेईविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताएका छन् ।

‘हामी छनोटको चौथो स्थानमा रहेर एशिया कपको तेस्रो चरणको छनोट खेल्ने अवसर कायम राख्न चाहन्छौं र यसका लागि जित्न चाहन्छौं,’ अलमुताईरीले भने,‘हामीसँग युवा र प्रतिभावान् खेलाडी छन् ।’

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख