८ आश्विन २०७९, शनिबार

देशभर एकैदिन ५ हजार ३१६ जनामा कोरोना संक्रमण,१०१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ८०५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । यहि अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार २१९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख