एक निर्माणाधिन होटलमा ५ वर्षीया बालिकालाई लगेपछि …

ललितपुर । ललितपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् ।
गोदावरी नगरपालिका–३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई करणी गरेको उनीमाथि आरोप लगाइएको छ ।
उनलाई महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।