२ असार २०७८, बुधबार

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा डल्लुबाट एक जना पक्राउ

काठमाडौं । आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको डल्लुबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुष रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार ती पुरुषले डरत्रास धाकधम्की दिई आफ्नै छोरीमाथि यौन दुर्व्यवहार​ गरेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख