२ असार २०७८, बुधबार

चौधरीको उद्योगमा आगलागी, आगो नियन्त्रण गर्न नसकेपछि भवन भत्काइयो

काठमाडौं ।  पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्रामको सीजी फुडमा आगलागी भएको छ ।

उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको पूर्वनवपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पूर्वीनवपरासी जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न शुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताएको छ ।

अहिल ५ वटा दमकल परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।  आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

सीजी फुड अन्तरगत रहेको वियर फ्याक्टिको गोदाममा आगलानगी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा नआएकाले क्षतिको विवरण यकिन गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख