८ आश्विन २०७९, शनिबार

दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा, रहस्य गर्भमै

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ ।

२० वर्षअघि २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका छैनन् ।

सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाइ र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ ।

उक्त काण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख