१९ श्रावण २०७९, बिहीबार

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन

काठमाण्डौँ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको उनको परिवारले जनाएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो । 

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका थापा नेपाली राजनीतिमा फरक विचारको प्रतिनिधित्व गर्ने सरल नेता मानिन्छन् ।  

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख