४ भाद्र २०७९, शनिबार

सुनको मूल्य बढ्यो, यस्तो छ तोलाको भाउ !

gold सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख