८ आश्विन २०७९, शनिबार

काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने तयारी

काठमाडाैं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) को बैठक दिउँसो ३ बजे आज बस्ने भएको छ । बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय हुने बताइएको छ ।

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकमा बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ ।

सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ ।

जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ ।

निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख