१८ असार २०७९, शनिबार

भारतमा १ लाख ७४ हजार संक्रमित थपिए, ३ हजार ६१४ को मृत्यु

काठमाडौँ । भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७४ हजार ४१ जना संक्रमित थपिएका छन ।

योसंगै त्यहाँ संक्रमितहरुको कुल संख्या हालसम्म २ करोड ७८ लाख ९३ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६१४ जना संक्रमितको मृत्यु भएको छ ।

योसंगै हालसम्म मृत्यु हुनेको कुल संख्या ३ लाख २५ हजार ९९८ पुगेको छ ।

हालसम्म भारतमा २ करोड ५४ लाख ४६ हजारले बढीले कोरोनालाई जितेका छन् भने भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख २० हजार बढी छ । केही दिन यता संक्रमित हुनेहरुको संख्या घटेपनि मृत्युदर भने घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख