१६ असार २०७९, बिहीबार

नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल आज राति हुदैँ, यहाँबाट हेर्नुस् खेलको लाइभ

काठमाण्डौँ । फिफा विश्वकपको छनौट अन्तर्गत तयारीका लागि नेपालको राष्ट्रिय फुटबल टोली इराक पुगेको छ र आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

नेपाली समयअनुसार आज राति १० बजेर १५ देखि इराकको अल्फाहया रंगशालामा खेल सुरु हुनेछ ।

कोरोना भाइरस महामारीमा ध्यानमा राख्दै सो खेलमा दर्शकको प्रवेशमा प्रतिबन्ध लगाईएको छ तर नेपाल र इराकबीच हुने फुटबल खेल अनलाइनबाटै हेर्न सकिने छ ।

अनलाइनबाटै नेपाल र इराकबीचको फुटबल खेल आईएनएम स्पोर्ट्सको अफिसियल युट्युब च्यानलबाट लाइभ हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख