२३ श्रावण २०७९, सोमबार

स्वास्थ्य संकटकाल लगाउने संकेत गर्दै प्रधानमन्त्री ओली

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्वास्थ्य संकटकाल लगाउने सकिने संकेत गरेका छन् । कोरोना नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको उनले बताएका हुन् । 

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि संकटकाल लगाउन सकिने बताएका हुन् । उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउने व्यवस्था गरिएको छ ।’

सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख