१८ असार २०७९, शनिबार

निषेधाज्ञामा खाद्यान्न अभाव भए यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।

काठमाडौं प्रशासनले बिहिबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा कोही कसैलाई खाद्य वस्तुको अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको हो । 

खाद्य वस्तु मगाउन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९८५१३२०३१४, ९८५११३६७८५, ९८५११२१७८८ मा फोन गर्न सकिन्छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ९८५१०२२५६४, ९८५१०३३३०३, ९८५१११३६६०, ९८४१३३२९९० र ९८१३२७२५६३  मा फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख