२ असार २०७८, बुधबार

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको कोरोनाबाट मृत्यु

काठमाण्डौँ । कोरोनाबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको भएको हो ।

मल्लका भजिता रुपक मल्लका अनुसार उनलाई विगत एक हप्तादेखि सञ्चो थिएन् । कोरोना पुष्टि भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । गएराित उनको निधन भएको हो ।

निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।

मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

उनलाई केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले २०७६ कार्तिकमा पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख