१ आश्विन २०७८, शुक्रबार

बर्दियामा ७४ वर्षीय वृद्धले खुर्पा लिएर बाघसँग लडेपछि …

बर्दिया । बर्दियामा फेरि बाघले मानिसमाथि आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार दिउँसो पाटेबाघले एक जना वृद्धमाथि आक्रमण गरेको हो ।

साँझ पाँच बजेतिर  मधुवन नगरपालिका १ को औरही सामुदायिक बनमा बाख्रा चराइरहेका सोही नगरपालिकाको इन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेको हो ।

बाघले थारूको अनुहार चिथोर्नुका साथै दाहिने खुट्टाको साप्रामा घाउ बनाइदिएको छ । प्रहरीका अनुसार थारूले पनि आफूसँग भएको खुर्पाले बाघलाई आक्रमण गरेका थिए ।  

खुर्पाले चोट लागेपछि बाघ जंगलतिर भागेको थियो । घाइते थारूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख