युरोपा लिगको फाइनलमा २१ पेनाल्टी प्रहार, खेल बन्यो निकै रोमाञ्चक

काठमाण्डौँ । युरोपा लिगको फाइनल खेल यो वर्ष निकै रोमाञ्चक बन्यो । लिगको फानलमा ९८ वर्ष लामो इतिहास बोकेको क्लब भिल्लारियल र पटक पटक च्याम्पियन बनेको म्यानचेस्टर युनाइनेट भिडेका हुन् ।
भिल्लारियलले पहिलो पटक ऐतिहासिक उपाधि उपालेको फाइनलमा २१ वटा पेनाल्टी सुट आउट भए । पोल्याण्डमा भएको खेलको निर्धारीत ९० मिनेट र थपिएको ३० मिनेटमा दुबै टिमबाट गोलरहित बराबरी भएको थियो ।
खेलको २९ औं मिनेटमा भिल्ला रियलले खेलमा अग्रता बनायो । उसका लागि जेरार्ड मोरेनोले गोल गरे । पहिलो हाफमा एक गोलले अगाडी रहेको भिल्ला रियलविरुद्ध युनाइटेडले ५५ औं मिनेटमा बराबरी गोल इडिन्सन काभानीले गोल गर्न सफल भए । त्यसपछि निर्धारती ९० मिनेटमा दुबै तर्फबाट गोल हुन सकेन र खेल अतिरीक्त समयमा धकेलिएको थियो ।
तर सो समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा गयो । सिमित दर्शकसहित भएको फाइनलको पेनाल्टी सुटआउट निकै रामाञ्चक बनेको थियो । खेलको विजेताको टुंगा लाग्न २१ वटा पेनाल्टी प्रहार भए । जसमा युनाइटेडले १० वटा प्रहार गर्दा भिल्ला रियलले ११ वटा प्रहार गर्यो ।