४ भाद्र २०७९, शनिबार

नेपालको संसद विघटनलाई लिएर भारतले दियो यस्तो प्रतिक्रिया

काठमाण्डौँ । नेपालमा दोस्रो पटक संसद विघटन लगायतका घटनाक्रम पछि भारतले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएको छ । उसले नेपालको राजनीतिक घटनाक्रमलाई आन्तरिक आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले नेपालको घटनाक्रम नोट गरेको बताएका छन् । उनले पत्रकारहरुको प्रश्नमा घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाबाट उनीहरुले नै समाधान गर्ने विषय भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो।’ त्यस्तै उनले नेपालले अहिलेको समस्या आफै समाधान गर्नपर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख