१९ श्रावण २०७९, बिहीबार

सीसीएमसीको प्रमुख कार्यकारी अधिकृतमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौं । सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हटाएर नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सीसीएमसी प्रमुख कार्यकारी निर्देशकमा शर्मालाई सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो ।

सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर प्रमुख कार्यकारी निर्देशक नियुक्तिको प्रावधान थपेको थियो ।

स्वास्थ्य अध्यादेशमा  उक्त प्रावधान थप गरेपछि शर्मालाई सीईओ बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख