४ भाद्र २०७९, शनिबार

एअर इन्डिया साइवर हमला: लाखौँ सर्वसाधारणहरूको ‘डेटा’ प्रभावित

नयाँदिल्ली । भारतको ध्वजावाहक एअर इन्डियाले सर्भरमा भएको साइबर हमलाका कारण विश्वभर रहेका उसका ४५ लाख सेवाग्राहीहरूलाई असर परेको जनाएको छ । घटनाबारे कम्पनीलाई गत फेब्रुअरी महिनामा जानकारी गराइएको थियो ।

राहदानी, हवाई टिकटबारे सूचना अनि क्रेडिट कार्ड डेटा लगायतका विवरण प्रभावित भएको बताइएको छ। तर एअर इन्डियाले भने क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरहरूमा नराखिएको जनाएको छ। हमलामा कसको हात छ भन्ने कुरा स्पष्ट भइसकेको छ ।

स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको उक्त वायुसेवा कम्पनीले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० सम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ ।

एअर इन्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न आग्रह गरेको छ । कम्पनीले त्यसपछि कुनै पनि किसिमको अनधिकृत गतिविधि पत्ता नलागेको जनाएको छ ।

सन् २०१८ मा ४००,००० सेवाग्राहीहरूको व्यक्तिगत र क्रेडिट कार्ड सम्बन्धी विवरण प्रभावित भएपछि गत वर्ष ब्रिटिश एअरवेजलाई २ करोड ६० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो । स्रोतः वीवीसी

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख