८ आश्विन २०७९, शनिबार

एमालेमा हस्ताक्षर दुरुपयोगको विवाद, नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरे

काठमाण्डौँ । शेरबहादुर देउवाको समर्थनमा शीतल निवासमा हस्ताक्षर बुझाएका नेकपा एमाले माधव नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरेका छन् ।

काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका छन् । त्यसरी हस्ताक्षर बुझाउनेहरूमा काँग्रेस, माओवादी र जसपाका साथै एमालेका सांसदहरु पनि  छन् ।

यसैबीच, सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । सांसद राईले भने, ‘म पार्टी एकताको पक्षमा छु, पार्टी एकता विपरीत कुनै पनि कार्यमा हस्ताक्षर गर्दिनँ भन्दै आएको छु ।’    

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख