८ आश्विन २०७९, शनिबार

राष्ट्रिय सरकार बनाउन देउवालाई प्रधानमन्त्री ओलीको फोन

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार विहान सभापति देउवालाई फोन गरेर यस्तो प्रस्ताव गरेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलेले आफु माथि कृतिम र नाटकीय व्याख्या गरी हल्ला मच्चाएर असफल बनाउन खोजेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले संविधानत आफुलाई राष्ट्रपतिले दोस्रो पटक प्रधानमन्त्रीमा नियक्ती गरे पछि वाहिरी व्याख्या गतल लगाएर भ्रम सृजना गरेको आरोप लगाए । 

जेठ १४ गते सरकार बन्यो भने १५ बजेट कसरी ल्याउला ? उनले प्रश्न गरे । हामीसँग समय छैन आज ७ गते भई सक्यो ? नीति तथा कार्यक्रम कसरी पास गर्ला ? समय लिएर विश्वासको मत लिएर काम गर्दा पनि किन यस्तो डाहा उनले प्रश्न गरे । 

बैकल्पिक सरकार बनोस भनेर विश्वासको मत माग्दा समेत यस्तो फोहोर खेल खेलेर अघि बढ्दा कसरी देश समृदि्धमा अघि बढ्ला ओलीले विपक्षीहरुसँग प्रश्न गरे । 

मैले छलेल सरकार कव्जा गर्न खोजिएको छैन । विगत एक वर्ष देखि प्रधानमन्त्रीलाई पदबाट हटाउनु मात्र उदेश्य बोकेर अघि बढेको तर किन नगरेको ।

आफु सरकारमा पुग्ने लक्ष अनी अस्थायी ढंगले सबै कुरा चलेको जस्तै गरी गतिविधि बनाउदै आएको उनको आरोप छ । खास काममा केन्द्रीत हुने अशवर समेत नपाएको भन्दै उनले दुखेसो पोखे ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख