४ भाद्र २०७९, शनिबार

भारतीय वायु सेनाको लडाकु जहाज दुर्घटना हुंदा पाइलटको मृत्यु

एजेन्सी । भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको हो।

तालिमका क्रममा रहेको जहाज  दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाबारे छानबिन गर्न समिति बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख