४ भाद्र २०७९, शनिबार

कोरोनाका कारण चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन

काठमाण्डौँ । नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ । कोरोनाको कारण पौडेलको निधन भएको फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका थिए ।

फिल्म सम्पादनको अलवा एमिनेश, कलर करेक्सलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बिस्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख