२४ श्रावण २०७९, मंगलबार

कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक

काठमाडौं । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन ?’ भन्ने अन्योलमा छन् ।

पहिलो लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विज्ञ बताउँछन् । उनीहरूले कोभिसिल्ड खोप लगाएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको बताउँछन् । तत्काल १ करोड मात्रा खोप आवश्यक रहेकोसमेत उनले औंल्याए । ‘चीन सरकारबाट २० लाख मात्रा खोप ल्याउने कूटनीतिक पहल भइरहेको छ तर त्यति पर्याप्त भने हुँदैन,’ सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिसमक्ष उनले भने, ‘१५ जेठभित्रै ज्येष्ठ नागरिकलाई खोप लगाउने भनिए पनि पर्याप्त छैन ।’

५५ वर्षमाथिका ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाउने मन्त्रालयको योजना रहे पनि सो उमेर समूहका अधिकांश वञ्चित छन् । सरकारले जेठ तेस्रो सातासम्म चीनबाट भेरोसेल खोप ल्याउने प्रक्रिया अघि बढाए पनि ‘आउने वा नआउने ?’ टुंगो लागेको छैन । यसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्रमार्फत चिनियाँ पक्षलाई पत्राचार गरिएको छ ।

भारतबाट खरिद गरिएको १० लाख डोज खोपसमेत आउने निश्चित छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतमा महामारी नरोकिएकाले खरिद गरिएको खोपसमेत पाउन नसकेको बताउँदै आएका छन् । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले यथाशीघ्र खोप पु¥याउन आग्रह गर्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएकी छन् ।

देशभर सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय १४ संक्रमितको निधनसँगै मृतक संख्या ५ हजार २ सय १५ पुगेको छ । सोमबार ५ हजार ७ सय ६७ संक्रमित निको भएका छन् । देशभर ७ सय ८ क्वारेन्टाइनमा छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, बर्दिया, दाङ, बाँकेसहित २० जिल्ला अति जोखिममा छन् । राजधानी

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख