४ भाद्र २०७९, शनिबार

पत्ता लाग्यो कोरोनाको नयाँ औषधी

नयाँ दिल्ली । भारतले कोरोना भाइरसको नयाँ औषधि सार्वजनिक गरेको छ । २ डीजी नामक उक्त औषधिले कोरोनाका विरामीलाई सहज हुने अपेक्षा गरिएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले औषधि सार्वजनिक गरेका हुन् ।

रक्षामन्त्री सिंहले औषधिको प्रयोगले विरामी चाँडै निको हुने गरेको जानकारी दिँदै सिंहले अक्सिजनको निर्भरतामा पनि ४० प्रतिशतले कटौति भएको बताए । उनले नियमित सेवामा रहेका कर्मचारीले मात्र महामारी थेग्न नसक्ने भएपछि सेवानिवृत्त भएकाहरुलाई पनि फेरि काममा आह्वान गरिएको बताए ।

भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । तर सामान्य प्रयोगका लागि अझै अनुमति पाउन बाँकी छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाउडरको रूपमा तयार पारिएको यस औषधिलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा रहेका बिरामीलाई दिइने छ । यस औषधिले अक्सिजन कमी भएर समस्यामा परेकाहरुलाई राहत दिने जनाइएको छ । पाउडर स्वरुपमा रहेको यस औषधिलाई घोलेर प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख