२५ भाद्र २०७८, शुक्रबार

आज पनि बढ्यो सुनको मूल्य, यस्तो छ तोलाको भाउ !

gold सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । आइतबार पनि सुनको मूलय तोलामा ९ सयले बढेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्या तोलामा ५ रुपैयाँले बढेर १३५५ पुगेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख