४ भाद्र २०७९, शनिबार

पछिल्लो सात दिनमा भारतमा कोरोना संक्रमितको संख्या ओह्रालो लाग्यो

नयाँदिल्ली । कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला सात दिनमा संक्रमितको संख्या अघिल्लो साताभन्दा घटेको छ।

टाइम्स अफ इन्डियाका अनुसार यो अवधिमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत थियो।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो। यसले भारतमा कोरोनाको दोस्रो लहर ‘पिक’ मा पुगेर झर्न लागेको हो कि भन्न देखिन्छ। यद्यपी मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ।

भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् भने ३६ लाख अहिले सक्रिय संक्रमित छन्। एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख