४ भाद्र २०७९, शनिबार

आज र भोलि भ्वाईसको नयाँ भाग आउँछ कि आउदैन ? यस्तो छ जरुरी सूचना !

काठमाडौँ । अहिले ‘द भोइस अफ नेपालको तेस्रो संस्करण चलिरहेको छ । नेपालको चर्चित रियालीटी सो भनेर ‘द भाईस अफ नेपाल’ लाई चिनिएको छ । ब्ल्वाईड अडिसन सकेर ब्याटल राउण्ड चलिरहेको भ्वाइसको यो हप्ता ब्याटल राउन्ड सकिन्छ ।

भ्वाइसमा प्रमोद खरेल, दिप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ रहेका छन् । भ्वाइस अफ नेपाल नेपालको एकमात्र बहुचर्चित रियालिटी शो हो । हुन पनि यति चर्चित छ कि यसको प्रीमियर हेर्ने नै १ लाख माथी हुन्छन् ।

यस्तै धेरै दर्शकहरुले भ्वाईसको बारेमा केही प्रश्न र आशन्का ब्यक्त गर्न थालेपछी भ्वाईस आफ्नो आधिकारिक पेज मार्फत जरुरी सुचना निकालेको छ ।

उक्त पेजमा यस्तो लेखिएको छ ।

नमस्कार सम्पूर्णमा, The Voice of Nepal का नयाँ Episode हरूको बारेमा धेरैले सोधिराख्नु भएकोमा धन्यवाद।
आज शुक्रवार र भोली शनिवार पनि Battle Round का नयाँ Episode हरू प्रशारण हुने छन, Himalaya TV HD, The Voice of Nepal को Official YouTube Channel र NetTV को App मा यहाँहरूले हेर्न सक्नु हुनेछ।

यो जानकारी सँग सगै YouTube र Online का साथीहरूलाई एउटा अनुरोध पनि, केहि दिन अगाड़ी मैले मेरो एउटा post मा लेखेको थिए, कृपया अनुमति बिना The Voice को Logo र नामलाई जथाभबी प्रयोग नगरिदिनु होला भनेर, किनकी हामीले पनि हाम्रो Head Office लाई जवाफ दिनु पर्ने हुन्छ, Brand को बदनाम भएको कारण देखाएर यति धेरै मेहेनत, परिश्रम र लगानी गरेर भित्राईयको The Voice को License खारेज पनि गर्न सक्छन। China लगायत केहि देशहरूमा खारेज पनि गरिदिएका छन।

तर त्यो Post मा मैले The Voice बाट बाहिरिएका Talent हरूको अन्तर्वाता लिन हाम्रो अनुमति लिन पर्छ भनेर कतै पनि भनेको थिईन, तर केहि बिध्वान र बुद्धिमानहरूले अलि घेरै नै बझनु भएर हामीलाई गाली समेत गर्नु भयो। तर यसलाई पनि हामीले सकारात्मक रूपमा लियौ।

The Voice को मुख्य उद्देश्य भनेको नै लुकेका प्रतिभाहरूलाई संगीत प्रेमी दर्शक श्रोता माँझ लिएर आउनु हो। उल्टो हामी स्वयम् आफैले चिनजानमा रहेका Channel, YouTube, Online का साथी भाईहरू अनुरोध गर्छौ अन्तर्वाता गर्नु पर्छ भनेर। तकि बढि भन्दा बढि दर्शक श्रोताहरूले चिनुन The Voice of Nepal मा आएका Talent हरुलाई। र उहाँहरूलाई आफ्नो Musical Carrier मा केहि हद सम्म भए पनि सहयोग पुगोस भनेर।

अन्तर्वातालाई नै लिएर फेरी अर्को अनुरोध घेरै दर्शकहरूको:-
The Voice of Nepal बाट बाहिरिएका Talent हरूको अन्तर्वाता अलि पछि देखाईयोस, ३-४ दिन पछि।
केहि YouTube Channel हरूले Television मा कार्यक्रमको प्रशारण सकेको केहि मिनेटमा नै यि बाहिरिएका Talent हरुको अन्तर्वाता आफ्नो YouTube Channelमा Upload गरिदिदा पहिले नै थाहा हुन्छ को को Out भए भनेर। जसले गर्दा उहाँले कार्यक्रमको पुर्ण मनोरंजन लिन पाउनु हुन्न।
मलाई लाग्छ Suspense र Surprise सँग मानिसको Emotions जोडिएको हुन्छ।

फेरी पनि….. Sushil Nepal,
Executive Producer & Host,
The Voice of Nepal

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख