४ भाद्र २०७९, शनिबार

भर्ना रोक्ने अस्पतालहरुलाई जिल्ला प्रशासनले दियो यस्तो विज्ञप्ति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावको कारण देखाएर अस्पतालहरुले बिरामी भर्ना नलिने गरी गरेको घोषणामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भर्ना गर्न नसकिने तथा भर्ना भइसकेका बिरामीहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गर्दा मानवीय संवेदनशिलतालाई बुझेर आफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाह गर्न लागि सार्वजनिक ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख