२ असार २०७८, बुधबार

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, जम्मा ९३ मत प्राप्त

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएका छन् । नेकपा एमालेका १२१ जना सांसद रहेको नेता माधव कुमार नेपाल पक्षका सांसदहरु समेतले प्रधानमन्त्री ओलीलाई मत दिएनन् ।

आज भएको मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खसेको छ । विपक्षमा १२४ मत खसेको छ । १५ सांसदले कुनै पनि पक्षमा मतदान गरेनन् । उनीहरु तटस्थ बसे । मतदान प्रक्रियामा सहभागिता जनाउन २३२ सांसद उपस्थित रहेका थिए । 

प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेकपा )माओवादी केन्द्र) का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार रहेको थियो । 

प्रधानमन्त्री ओली आफैँले विश्वासको मत लिन राष्ट्रपति समक्ष संसदको विशेष अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । सोही अनुसार बैठक बसेको थियो । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख