अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण देखिएको छ । संक्रमणको आशंकापछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै संक्रमणपछि गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य नै छ ।
स्वास्थ्य मापदण्डको पालना गर्दै उनी होमआइसोलेसनमा छन् । साथै उनले सबैलाई सचेत रहन आग्रहसमेत गरेकी छन् ।